जोडिनुहोस
  • होमपेज
  • साधुको निधनपछि उनकै चितामा चेलाले गरे आत्मदाह

साधुको निधनपछि उनकै चितामा चेलाले गरे आत्मदाह

धनुषा– धनुषाको सबैला नगरपालिका-९ कोल्हुवामोड घर भई लामो समयदेखि सिरहामा बस्दै आएका एक साधुको मृत्युपछि शिष्यले पनि प्राण त्यागेका छन् । साधुको दाहसंस्कार भइरहँदा त्यही चितामा हाम फालेर उनले आत्मदाह गरेका हुन् । मलामीहरूको बचाउने प्रयास असफल भएको छ ।

सुखीपुर नगरपालिका-२ छजनास्थित हनुमान मन्दिरमा १२२ वर्षीय साधु विष्णु दासको सोमबार निधन भयो ।

बरियारपट्टीमा क्याम्पस निर्माणार्थ भएको विष्णु महायज्ञमा सहभागी हुन पुगेका उनी केही दिनदेखि छजनाको हनुमान मन्दिरमा आश्रय लिएर बसेका थिए ।

नेपाल र भारतमा मानव सेवा गरेका कारण साधु दासको दाहसंस्कार सीमावर्ती क्षेत्रमा गर्ने गाउँलेले निर्णय गरे । सोही बमोजिम बरियारपट्टी गाउँपालिकाको गरगम्मा र भारत विहार राज्यको मधुवनी जिल्लामा पर्ने लक्ष्मीनियाँ गाउँको बीचमा उनको दाहसंस्कार गरियो ।

साधु दासको दाहसंस्कार भइरहेकै बेला भारतीय गाउँ लक्ष्मीनियाँकै ५५ वर्षीय रामचन्द्र महतोले चितामै हामफालेर आत्मदाह गरेका हुन् । स्थानीयका अनुसार महतो साधु दासको चेला हुन् । उनी लामो समयदेखि साधुसँगै बस्दै आएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका