जोडिनुहोस
  • होमपेज
  • सन्दीप विरूद्धको मुद्दामा सुनुवाई आज

सन्दीप विरूद्धको मुद्दामा सुनुवाई आज

काठमाडौं, नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको सोमबार जिल्ला अदालत काठमाडौंमा सुनुवाई हुने भएको छ ।

पाटन उच्च अदालतको आदेशबाट २० लाख रुपैयाँ धरौटीमा छुटेका लामिछानेको मुद्दामा सोमबार जिल्ला अदालतमा पेशी तोकिएको हो । धरौटीमा छुटेपछि लामिछाने क्रिकेट अभ्यासमा समेत लागिसकेका छन् ।

गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका