जोडिनुहोस
  • होमपेज
  • भोली देखि विधुतीय सवारी साधन बन्द हुने

भोली देखि विधुतीय सवारी साधन बन्द हुने

सुन्दर यातायात प्रालीले भोली देखि सञ्चालन गर्दै आएका सबै विधुतीय सवारी साधन बन्द गर्ने चेतावनी दिएको छ ।
काठमाडौं सहित देशका ठूला सहरमा सार्वजनिक विधुतीय सवारीसाधन सञ्चालन गर्दै आएको सुन्दर यातायातले, यातायात सञ्चालनमा सरकारले असहयोग गरेको भन्दै सवारी साधन नचलाउँने चेतावनी दिएको हो ।

नेपाल सरकार र विधुत् प्राधिकरणको असहयोगको कारणले विधुतीय सार्वजनिक र अन्य निजि सवारीसाधन बन्द हुने भन्दै सुन्दर यातायातले सरकारलाई २४ घण्टाको अल्टिमेटम दिएको छ ।

उर्जा मन्त्रालयका प्रतिनिधि तथा विधुत् नियमन आयोग र विधुत् प्राधिकरणमा पटक पटक विधुतीय सवारीसाधनको Demand Charge हटाउनु पर्छ भनि पहल गर्दा गर्दै नेपाल सरकार र विधुत् नियमन आयोगले मिति २०७८÷०८÷१९ मा Demand Charge लिइरहेको कारणले विधुतीय सार्वजनिक बस सञ्चालन गर्न नसक्ने भन्दै सुन्दर यातायातले जनाएको छ ।

आइतबार एक विज्ञप्ती जारी गर्दै सुन्दर यातायात प्रालीले उर्जा मन्त्रालयबाट यथासिघ्र २४ घण्टा भित्र सम्बन्धित निकायलाई Demand Charge हटाउने निर्णय कार्यान्वयनका लागि पहल नभए २४ घण्टा पछि उक्त कम्पतीले सञ्चालन गर्दै आएका सम्पूर्ण विधुतीय सवारीसाध, चाजिङ स्टेशन बन्द गर्न बाध्य हुने चेतावनी दिएको छ ।

सुन्दर यातायात प्रालि नेपाले नेपालमा सबै भन्दा पहिलो पटक विधुतीय सवारी साधन सञ्चालन गरेको हो । काठमाडौं सहित देशका विभिन्न ठाउँमा सुन्दर यातायात प्रालीका १८ भन्दा बढी सार्वजनिक सवारी साधन सञ्चालनमा छन । यस्तै प्रालीले विधुतीय स्कुटर, भ्यान, माइक्रोबस, र चार्जिङ स्टेसन पनि सञ्चालन गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका