जोडिनुहोस
  • होमपेज
  • बढ्यो गुलाबको आयात, ६ महिनामा १४ लाख ३३ हजार बाहिरियो

बढ्यो गुलाबको आयात, ६ महिनामा १४ लाख ३३ हजार बाहिरियो

काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को ६ महिनाको अवधिमा नेपालमा १४ लाख ३३ हजार रुपैयाँ बराबरको गुलाबको फूल आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि पुससम्मको अवधिमा उक्त मूल्य बराबरको गुलाबको फूल आयात भएको हो । यस अवधिमा नेपालमा १० हजार ८ सय वटाभन्दा बढी गुलाबको फूल आयात भएको छ ।

यसबापत राज्यले १ लाख ४० हजार भन्सार राजश्व संकलन गरेको छ । यस्तै, गत आर्थिक वर्षको यही अवधिमा जम्मा १ लाख ५८ हजार रुपैयाँ बराबरको गुलाबको फूल आयात भएको थियो ।

यसअनुसार, गत वर्षको तुलनामा चालू वर्षको ६ महिनामा गुलाबको फूलको आयात बढेको देखिन्छ । भ्यालेन्टाइन सप्ताह नजिकिएसँगै गुलाबको फूलको आयात बढ्ने देखिन्छ । पुस महिनासम्मको अवधिमा साढे १४ लाख रुपैयाँ बराबरको गुलाबको फूल आयात भएपनि माघ महिनासम्म यो आयात झनै बढ्ने देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका