जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपतिको सवारीमा प्रहरीद्वारा कुटिएका डाक्टरले भने – फिल्मी शैलीमा कुटाई खाएँ

राष्ट्रपतिको सवारीमा प्रहरीद्वारा कुटिएका डाक्टरले भने – फिल्मी शैलीमा कुटाई खाएँ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार संघीय संसदलाई सम्बोधन गरेर शीतल निवास फर्कने क्रममा सडकमा निस्किन खोजेको भन्दै प्रहरीले डा जनिथलाल सिंहलाई लाठीचार्ज गरेको छ ।

राष्ट्रपतिको सवारीका क्रममा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. सिंहलाई प्रहरीले लाठी चार्ज गरेको हो । डा सिंहका अनुसार साइकलमा रहेका समयमा वीर अस्पताल अगाडि रहेको आकासे पुल मुनि प्रहरीले लाठी चार्ज गरेको हो ।

घटनाबारे डा सिंह यसो भन्छन्ः

आज अप्रेसन थियो । त्यो सकाएर करिब साढे ४– पौने ५ बजेतिर साइकल चढेर बाहिर निस्किएँ । बाटो बन्द थियो । सवारी हुन लागेको जस्तो देखियो । फुटपाथबाट साइकल डोहोर्याउँदै लगें, चढेको पनि थिइन् । वीर अस्पतालअघिको आकाशे पुलसँगैबाट साइकलभित्र छिराउन नमिल्ने भएपछि म फुटपाथमै अडिएर बसें ।

एक जना प्रहरी जवान आएर अघि जानुस् भन्नुभयो । मैले साँघुरो ठाउँबाट साइकल छिर्र्दैन, यहीँ बस्छु, म यही अस्पतालको स्टाफ हुँ भनें । हैन अघि लैजानै पर्छ भनें । मैले साँघुरो छ भनेर मानिनँ । त्यसो भए पार्किङमा लैजानुस् भने । मैले पार्किङ त दुई तला मुनि छ, (घर) जान लागेको मान्छे कहाँ पार्किङमा जानु भनें । मैले आईडी (परिचयपत्र) देखाएँ । लैजानुस् भनिरहे ।

मैले तल त लैजान्नँ भनेपछि पुलिस एक्कसी झर्किए र एकदमै आवेगमा आए, फिल्मी स्टाइलमा कठालो समातियो र हान्न थाल्यो । देब्रे पट्टी, दाहिने पट्टी हानेपछि मैले समात्न खोजें । उम्किएर झन् टाउकोमै हान्यो । टाउकोमा नै हानेपछि मरुला झैं लाग्यो । प्रतिकार गरें । मैले पनि एक किक हानें । टाउकोमा नै हानेपछि मैले प्रतिकार गर्नुको विकल्प नै थिएन ।

उसले पुलिसलाई हात हाल्ने भन्दै मान्छे बोलायो । भ्यानमा लैजाने कुरा गर्न थाले । प्रत्यिक्षदर्शीहरुले पुलिसको गल्ती हो, हामीले देखेका छौं, हामी बोल्छौं भनेपछि प्रहरी पनि आत्तियो । त्यही ठाउँमा एक जना डाक्टर साथी आउनुभयो । त्यसपछि प्रहरी जवान भाग्यो । राष्ट्रपतिको सवारी भनेर टाउकोमा नै हान्नुपर्ने केही थिएन । मलाई टाउकोमै प्रहार गरेपछि सिध्याउने नै हो कि जस्तो डर भयो ।

आँखामाथि कन्चटको भाग पुरै सुन्निएको छ । टाउको दुख्ने र वान्ता हुने भयो । साथीहरुले अब्जरबेसनमा आईसीयूमा बस् भन्नुभएको छ । टाउकोमा चोट लागेको छ भने यसरी बस्नुपर्ने प्रकोटोकल नै हो । मैले व्यक्तिगत रुपमा धेरै दोषरोपाण त गर्न मिल्दैन । उसले जानेर गर्‍यो कि नजानेर ग¥यो, थाहा भएन । प्रहरी जवानहरुलाई खटाउने संयन्त्रले कसरी बोल्ने रु कस्तो व्यवहार गर्ने रु केही परे पनि कहाँ हान्नेरकहाँ हान्न हुन्न भन्ने कुरा त सिकाउनुपर्‍यो नि १ अनुशासन र बोली व्यवहार सिकाउने हो भने त यस्तो हुँदैन थियो ।

त्यति सानो कुरामा टाउकोमै हान्दियो । म त अच्चम्मित नै छु । म माथि दुब्र्यवहार भयो भनेर विरोध गर्नेहरुमाथि पनि कुटपिट गर्ने र बन्दुक नै तेर्साउने काम भए’छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका