जोडिनुहोस
  • होमपेज
  • तोलामा ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ७०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ७०० रुपैयाँ कायम भएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ थियो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीको मूल्य निरन्तर बढिरहेको छ । खासगरी, विश्वभरका केन्द्रीय बैंक र सुनमा लगानी गर्ने कम्पनीहरुले लगानी बढाउँदा मूल्य बढेको बढ्यै छ । यस्तै, कोरोना महामारीका कारणले विश्वभरका सुनखानीबाट हुने उत्पादन कटौती भएको छ ।

यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । आज तोलामा १५ रुपैयाँले बढ्दै चाँदीको मूल्य १२ सय ९० रुपैयाँ पुुगेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ७५ रुपैयाँ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका