जोडिनुहोस
  • होमपेज
  • कालीगण्डकी नदीमा एक युवक बेपत्ता

कालीगण्डकी नदीमा एक युवक बेपत्ता

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ स्थित बेणी सङ्गममा कालीगण्डकी नदीले बगाएर आज एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१२ का ३२ वर्षीय लोकेन्द्र भुसाल रहेका छन् ।

त्रिशूली र कालीगण्डकीको सङ्गमस्थलमा नुहाउँदै गरेका भुसाललाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । बेपत्ता भुसालको खोजी भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका