जोडिनुहोस
  • होमपेज
  • ग्रीसमा दुईवटा रेल ठोक्किँदा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते

ग्रीसमा दुईवटा रेल ठोक्किँदा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते

एथेन्स । उत्तरी ग्रीसमा दुईवटा रेल एक आपसमा ठोक्किँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ भने दर्जनौँ यात्रु घाइते भएका छन् । मंगलबार साँझ लारिसा सहर नजिक भएको दुर्घटनापछि रेलमा आगलागी भएको छ । उद्धारकर्ताहरू यतिबेला रेलमा लागेको आगो नियन्त्रण गर्ने प्रयासमा रहेको बीबीसीले उल्लेख गरेको छ ।

मालवाहक रेलसँग ठोक्किएको यात्रुवाहक रेलमा करिब ३५० यात्रु रहेको बताइएको छ । स्थानीय मिडियाहरूमा दुर्घटनाग्रस्त रेलमा ठुलो आगलागी भइरहेको र बाक्लो धुवाँको मुस्लो आइरहेको देखाइएको छ ।

घटनास्थलमा १७ वटा वारुणयन्त्रहरू आगो निभाउन खटिएको अग्नि नियन्त्रक संस्थाले जानकारी दिएको छ । के कारणले दुर्घटना भयो भन्ने खुलेको छैन । यात्रुवाहक रेल थेसालोकिनीबाट लारिसा गइरहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका