जोडिनुहोस
  • होमपेज
  • एन्फा बैठक : थ्री नेसन कप आयोजनादेखि मुख्य प्रशिक्षक नियुक्तसम्म

एन्फा बैठक : थ्री नेसन कप आयोजनादेखि मुख्य प्रशिक्षक नियुक्तसम्म

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कार्यसमिति बैठकको निर्णय सार्वजनिक गरेको छ ।  बुधबार बसेको कार्यसमिति बैठकबाट एन्फाले २० निर्णय गरेको हो । जसमा प्रधानमन्त्री थ्री नेसन कप आयोजनादेखि राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्तिसम्मको निर्णय छ ।

बुधबार बसेको कार्यसमिति बैठकबाट एन्फाले २० निर्णय गरिएको बताएको छ । जसमा प्रधानमन्त्री थ्री नेसन कप आयोजनादेखि राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्तिसम्मको निर्णय छ ।

विवादका बीच बहुमत कार्यसमिति सदस्यले बैठक बहिस्कार गरेका थिए । तर बहुमत केन्द्रिय सदस्यको बहिष्कारका बाबजुत अध्यक्ष नेम्वाङले कार्यसमिति बैठकमार्फत २० निर्णय गराएका छन् ।

जसमा थ्री नेसन कप आयोजनादेखि ओलम्पिकको एसिया छनोट आयोजना गर्ने, बी र सी डिभिजनको नयाँ मिति तय गर्ने, जिल्ला लिगदेखि उमेर समूहका प्रतियोगिता सञ्चालन गर्ने, विभिन्न स्थायी कमिटीको संयोजन चयन गर्ने, आपतकालिन समिति गठन गर्नेसम्मका निर्णय भएका छन् ।

नयाँ सिईओ नियुक्तिको सुचना प्रकाशन गर्नेदेखि विभिन्न विभागको हेड नियुक्तिसम्मको निर्णय सार्वजनीक गरिएको छ ।  तीन उपाध्यक्ष सहित ११ जना कार्यसमिति सदस्यले गणपुरक संख्यानै नपुगेको भन्दै बैठक अवैधानिक भन्दै वहिष्कार गरेका छन् ।
No description available.

No description available.

No description available.

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका