जोडिनुहोस
  • होमपेज
  • नामकरण भएको खुसियालीमा आज प्रदेश १ मा सार्वजनिक बिदा

नामकरण भएको खुसियालीमा आज प्रदेश १ मा सार्वजनिक बिदा

विराटनगर— प्रदेश १ को नामकरण भएको उपलक्ष्यमा प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार प्रदेश सरकार मन्त्रिपरिषदबाट प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश १ को नामकरण भएको उपलक्ष्यमा प्रदेश सरकारले फागुन आज सार्वजनिक बिदा दिएको छ ।

प्रदेश १ को नाम ‘कोसी’ राख्ने प्रस्ताव बहुमतले पारित भएको छ । प्रदेशसभाका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसले प्रदेश १ को नाम कोसी राख्न प्रस्ताव गरेका थिए । प्रदेशको नाम ‘कोसी’ राख्ने पक्षमा ८२ र विपक्षमा ४ मत खसेको हो ।

प्रदेशसभाको आज ९बुधबार० बसेको बैठकमा सरकारले कोसी नाम राख्न प्रस्ताव गरेकामा छलफल सकिएर उक्त प्रस्तावमाथि संशोधन गर्न दुई घण्टाको समय दिइएको थियो । प्रदेशसभा बैठकले १ नम्बर प्रदेशसभाको नाम राति पौने १० बजे टुङ्ग्याएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका