जोडिनुहोस
  • होमपेज
  • बालुवाटारमा आठदलीय गठबन्धनको बैठक जारी

बालुवाटारमा आठदलीय गठबन्धनको बैठक जारी

काठमाडौं । आठदलीय गठबन्धन बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो ।

बैठकमा राष्ट्रपति निर्वाचन, मन्त्रिमण्डल विस्तारलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति निर्वाचनअघि नेपाली कांग्रेसलगायतका दलहरूसँग गठबन्धन गरेपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सरकारबाट बाहिरिसकेका छन् ।

अहिले अधिकांश मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले नै सम्हालिरहेका छन् । प्रधानमन्त्रीले सरकारले पूर्णता दिनेबारे गृहकार्य थालेको यसअघि नै बताइसकेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका