जोडिनुहोस
  • होमपेज
  • नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा बसन्तबहादुर कुँवर नियुक्त

नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा बसन्तबहादुर कुँवर नियुक्त

काठमाडौं – नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा बसन्तबहादुर कुँवर नियुक्त भएका छन् । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक बसन्तबहादुर कुँवरलाई आईजीपी नियुक्त गरेको हो ।

सरकारको निर्णयसँगै कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक बन्न सफल भएका छन् । प्रहरी महानिरीक्षकका पाँच जना प्रतिस्पर्धी मध्ये वरियतामा कु“वर एक नम्बरमा थिए ।

कुँवर २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । यस पटक आईजीपी नियुक्त गर्दा सरकारले वरीयता कायम राखेको छ ।

वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षकमा बढुवा हुँदा कुँवर एक नम्बर वरियतामा बढुवा भएका थिए । २०७९ वैशाख १८ मा आईजीपी बनेका धिरजप्रताप सिंह ३० वर्षे सेवा अवधि पुरा गरेर अवकाश पाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका