जोडिनुहोस
  • होमपेज
  • वीरगञ्ज महानगरपालिकाले टेलिकम परिसरमै थुपार्‍यो फोहोरको थुप्रो

वीरगञ्ज महानगरपालिकाले टेलिकम परिसरमै थुपार्‍यो फोहोरको थुप्रो

काठमाडौं । वीरगञ्ज महानगरपालिकाले वीरगञ्जस्थित नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय परिसरमा फोहोर थुपारेको छ ।

सडक निमार्णका क्रम्मा फाइबर बिच्छ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर अलपत्र छाडेको बताउदैँ महानगरले सहरबाट संकलित फोहोर टेलिकम परिसरमा लगेर थुपारिदिएको हो ।

महानगरगरका कर्मचारी र नगरप्रहरीको टोलीले ७ ट्याक्टर फोहोर टेलिकम परिसरभित्र लगेर थुपारेपछि वरिपरिको वातावरण प्रदुषित बनेको छ ।

वीरगञ्ज महानगरपालिकाका अनुसार टेलिकमले सडक बिगारेपछि नगरवासीले पीडा भोग्नु परेको र सडक बनाइदिन पटक पटक आग्रह गरेपनि वेवास्ता गरेपछि श्रीपुरस्थित क्षेत्रीय कार्यालय परिसरमा सांकेतिक विरोधस्वरुप फोहोर थुपारिएको हो ।

टेलिकमले अप्टिकल फाइबार बिछ्याउने क्रममा बाइपास सडकखण्डमा कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको मेयर राजेशमान सिंहको भनाइ छ ।

रजतजन्ती चोकदेखि तेजबहादुर अमात्यको शालिक गण्डकसम्म सडक फुटपाथ टेलिकमले खनेर नबनाएको, बारम्बर आग्रह गर्दा अटेर गरेको, जिल्ला प्रशासनले पत्र काट्दा पनि सुनुवाई नभएकोले टेलिकमलाई डम्पिङ साइट बनाएको उनले बताए ।

फागुन ३ गते प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितीमा बसेको सरोकारवाला निकायको बैठकमा टेलिकमले खनिएको सडक र फुटपाथ फागुन मसान्त भित्रै मर्मत गरिसक्ने लिखित सहमति गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका