जोडिनुहोस
  • होमपेज
  • ज्याला माग्दा मजदुरलाई अमानवीय व्यवहार, ठेकेदारले चोकमा बाँधेर मोसो दले

ज्याला माग्दा मजदुरलाई अमानवीय व्यवहार, ठेकेदारले चोकमा बाँधेर मोसो दले

जनकपुरधाम । काम गरेको ज्याला माग्दा महोत्तरीमा एक निर्माण व्यवसायीले मजदुरलाई अमानवीय व्यवहार गरेको घटना सार्वजनिक भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका–६ का २१ वर्षीय मोबारक नदाफमाथि दुर्व्यवहार भएको हो ।

स्थानीय निर्माण व्यवसायी ३५ वर्षीय कृष्ण मिश्रले उनीमाथि कुटपिटसहित अमानवीय व्यवहार गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

यही चैत २३ गते बिहान नदाफलाई ज्यालाका लागि बोलाएर मिश्रले कुटपिट गर्दै चोकको विद्युत पोलमा पाता कसेर, मोसो दलेर केस मुण्डन गरिदिएका छन् ।

प्रहरीले मिश्रलाई घटनाको भोलिपल्ट पक्राउ गरेको छ । उनीमाथि अमानवीय अपमानजनक व्यवहार कसुरमा मुद्दा चलाएको डिएसपी गिरीले बताए । अमानवीय अपमानजनक व्यवहार कसुरमा पाँच वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था छ ।

मुस्लिम धर्माम्बलम्बीको अहिले रमजान (रोजा) चलिरहेको छ । पीडित परिवारका अनुसार रमजान मनाउन नदाफले निर्माण व्यवसायी मिश्रसँग काम गरेको ज्याला मागरेका थिए । पटक-पटक ज्याला माग्दा पनि नदिएपछि उनले काम गर्दैगर्दाको औजार लगेका थिए ।

औजार लिएर आउनू पैसा दिन्छु भनेर शिव आश्रममा बोलाएर मिश्रले नदाफलाई चोरीको आरोप लगाउँदै चोकमा लगेर अमानवीय व्यवहार गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

पीडितले जिल्ला प्रहरी कार्यालयमा मिश्र लगायत विरूद्ध किटानी जाहेरी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका