जोडिनुहोस
  • होमपेज
  • जुगल हिमालमा आरोहण खुला गर्ने सरकारको निर्णय

जुगल हिमालमा आरोहण खुला गर्ने सरकारको निर्णय

काठमाडौ । सरकारले जुगल सिन्धुपाल्चोकको जुगल हिमश्रृङ्खला अन्तरगतमा हिमालहरुमा पर्वतारोहण खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ‘भर्जिन’ हिमालको उपमा पाएको जुगल हिमालका हिमचुलीहरूमा पर्वातारोहण खोल्ने निर्णय गरेको हो ।

जुगल गाउँपालिकाको गोल्चे र गुम्बामा पर्ने जुगल हिमाल रेन्ज भित्रको दोर्जे लाक्पा, फुर्बा घिप्चे लगायतका हिमचुचुराहरु छन् । यो हिमश्रृंखलामा दुई दर्जनभन्दा बढी चुचुरा अध्ययनले देखाएको छ ।

जुगल हिमालको बेस क्याम्प बुम्बासेर्पुङयांखर्क हो । जुगल हिमाल आरोहण खुला भएपछि सिन्धुपाल्चोकमा नयाँ पर्यटकीय रुट खुल्ने पर्यटन व्यवसायीहरुको अपेक्षा छ ।

जुगल हिमालसहित यस क्षेत्रमा पर्ने ने–पेमासाल चौर पर्यटकहरुको लागि नयाँ गन्तव्य हो । वरिपरी हिमालले ढाकेको सुन्दर ठूलो चौर ने–पेमासाल हो । यो चौरमा बौद्ध गुरुहरु आएर ध्यान बसेको किम्बदन्ती छ । ने–पेमासालबाट जुगल हिमालको बेस क्याम्पसम्म पुग्न एक दिन लाग्छ ।

आरोही माया गुरुङसहित शर्मिला थापा, मिलन तामाङले २०७५ सालमा पहिलोपटक जुगल हिमाल आरोहण गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका