जोडिनुहोस
  • होमपेज
  • कित्ता नं २५६ सम्बन्धमा केहि दिनदेखि भइरहेको दुष्प्रचारप्रति मिर्चैया वडा नं ५ को ध्यानाकर्षण

कित्ता नं २५६ सम्बन्धमा केहि दिनदेखि भइरहेको दुष्प्रचारप्रति मिर्चैया वडा नं ५ को ध्यानाकर्षण

सिराहा– मिर्चैया नगरपालिकाले वडा नम्बर ५ मा रहेको कित्ता नं २५६ सम्बन्धमा पछिल्लो केही दिनदेखि भइरहेको दुष्प्रचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अनधिकृत रुपमा सार्वजनिक जग्गामा बनाइएको घर टहरा हटाइएको विषयमा राजनीतिक उक्साहटमा नगरलाई बदनाम गर्ने नियतले दुष्प्रचार गरेको भन्दै नगरपालिकाले प्रेस विज्ञप्ति जारी गरेर आपत्ति जनाएको छ ।

मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले जग्गा सम्बन्धमा अदालतबाट भएको आदेश र पर्याप्त कानुनी प्रमाणको आधारमा  मात्र अनधिकृत रुपमा सार्वजनिक जग्गामा बनाइएको घर टहरा हटाइएको बताएका छ्न्।  घरटहरा हटाउन नगरपालिकाले जारी गरिएको सूचनालाई अटेरी गरिएको कारणले अनधिकृत रुपमा सार्वजनिक जग्गामा निर्माण गरिएको घर टहरा हटाइएको उनले बताए ।

तर, कानुन र विधिअनुसार गरिएको कार्यलाई राजनीतिक प्रतिशोध साँध्न केही नेताहरूको बहकाउमा आफ्नाविरुद्ध नारा जुलुस र दुष्प्रचार गरिएको मेयर यादवको भनाइ छ । उनले सो जग्गा व्यक्तिको नाममा दर्ता गराउन लागिएको विषयमा पनि कुनै सत्यता नरहेको दाबी गरेका छन् । बरु मिर्चैयाको गुदरी बजारमा रहेको बजारलाई व्यवस्थापनको लागि सम्बन्धित निकायमा पत्राचार गरिएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका