जोडिनुहोस
  • होमपेज
  • मेयर बालेन शाहविरुद्ध दायर रिट सुष्मालता माथेमाको इजलासमा

मेयर बालेन शाहविरुद्ध दायर रिट सुष्मालता माथेमाको इजलासमा

काठमाडौं– काठमाडौं महानगरपालिका मेयर बालेन शाहविरुद्ध दायर रिटको सुनुवाइका लागि इजलास तोकिएको छ। 

उक्त मुद्दाको सुनुवाइ बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासमा तोकिएको हो। यसअघि मंगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा मुद्दा परेपनि हेर्न नभ्याइने भएको थियो ।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै मेयर साहविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनवाई हुन लागेको हो । 

अधिवक्ता पदम श्रेष्ठले काठमाडौं महानगरपालिकाले कानुनविपरीत फोहोर संकलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर संकलन र विसर्जन गर्नु पर्नेलगायतका माग गर्दै सोमवार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

सोही रिटमा आज सुनवाई हुन लागेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका