जोडिनुहोस
  • होमपेज
  • अमेरिका र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

अमेरिका र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– अमेरिका र पोर्चुगललगायत देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले सिन्धुपाल्चोकका २३ वर्षीय टीकाबहादुर भण्डारी र भक्तपुरस्थित मध्यपुर ठिमीका ४४ वर्षीय उज्वल खड्कालाई पक्राउ गरेको हो ।

खड्कामाथि मध्यपुर ठिमी नगरपालिका वडा नम्बर १ लोकन्थलीकी सुनिला गुरूङसहित ४४ जनालाई वैदेशिक रोजगारीका लागि अमेरिका, जर्मनी, बेलायत र जापान लगिदिने भन्दै प्रतिव्यक्ति ३ लाखभन्दा बढी रुपैयाँ ठगी गरेको आरोप छ ।

खड्कालाई प्रहरीले रौतहटस्थित चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चपुरबाट पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ । पक्राउ गरेका भण्डारीमाथि मिलन तामाङसहित १० जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै पटकपटक गरी १५ लाख बढी ठगी गरेको आरोप छ ।

उनलाई ताहाचलबाट प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहविरूद्ध थप १० जनाबाट उजुरी प्राप्त भएको छ ।

कास्की, दाङ, मोरङ, रूकुमलगायत जिल्लाहरूबाट पीडितहरूले ५ करोड १९ लाखभन्दा बढी रकम ठगी गरेको आरोपसहित निवेदन दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका