जोडिनुहोस
  • होमपेज
  • भारत जादैं गरेका युवा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता

भारत जादैं गरेका युवा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता

धनगढीः दार्चुलास्थित महाकाली नदीमा तुइनबाट खसेर एक जना पुरुष बेपत्ता भएका छन्। शनिबार साढे १ बजेकाे समयमा तुइनबाट खसेर व्याँस गाउँपालिका २ तल्लो दुम्लिङका ४४ वर्षीय सिङ्दलसिंह भण्डारी बेपत्ता भएका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) श्याम चौधरीले आज दिउँसो साढे १ बजेतिर भण्डारी तुइनबाट खसेर बेपत्ता भएको खबर आएको बताए। उनका अनुसार बेपत्ता भण्डारीको खोजी कार्यमा अहिले ५ जना प्रहरीको टोली खटिएको छ।

भण्डारी नेपालबाट भारत जाने बेला तल्लो दुम्लिङस्थित तुइन घाटबाट खसेर बेपत्ता भएको बताइएको छ। बेपत्ता भण्डारीको खोजीमा स्थानीय बासी पनि जुटेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका