जोडिनुहोस
  • होमपेज
  • भूकम्प गएको ८ वर्षपछि लमजुङका १६३ विद्यालयको पुन निर्माण सम्पन्र

भूकम्प गएको ८ वर्षपछि लमजुङका १६३ विद्यालयको पुन निर्माण सम्पन्र

लमजुङ– लमजुङमा गोरखा भूकम्पका कारण क्षतिग्रस्त एक सय ६३ वटा विद्यालयको पुनः निर्माण कार्य सकिएको छ । भूकम्प गएको आठ वर्षमा सबै विद्यालय भवनको पुनः निर्माण सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाइ लमजुङका प्रमुख वीरबहादुर गुरुङले जानकारी दिए ।

‘बेँसीश बाङ्गेको बाल ज्योति माध्यमिक र मध्य नेपाल नगरपालिकास्थित डढुवा दुच्र्छा माध्यमिक विद्यालयमा चार कोठे विद्यालय भवन पुनः निर्माण सम्पन्न भएसँगै जिल्लामा क्षतिग्रस्त सबै विद्यालयको भवन, शौचालय र खानेपानीको धारा पुनः निर्माण सम्पन्न भएको छ’, उनले भने ।

जिल्लामा ९१ वटा चार कोठे, १९ वटा तीन कोठे र दुई कोठे ५३ वटा विद्यालय भवन पुनः निर्माण भएको हो । साथै ६९ वटा शौचालय, ३६ वटा खानेपानी धाराको पुनः निर्माण सकिएको छ । जिल्लामा विद्यालय भवन, शौचालय र खानेपानी गरी दुई सय ६८ वटा कार्यक्रम लागू गरिएको थियो ।

पुनः निर्माणको काम आर्थिक वर्ष २०७३-२०७४ बाट सुरु भएको थियो । तत्कालीन समयमा पाँच वर्षमा पुनः निर्माण पूरा गर्ने लक्ष्य लिइएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका