जोडिनुहोस
  • होमपेज
  • सिंगापुर पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना युवा पक्राउ

सिंगापुर पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना युवा पक्राउ

काठमाडौँ– सिंगापुर पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

झापा अर्जुनधारा नगरपालिका-१ घर भई काठमाडौँको गोंगबु नयाँ बसपार्क बस्ने ४१ वर्षीय ओमनाथ मैनालीलाई प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीको लागि सिंगापुर पठाई होटेलमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी ६ लाख ४० हजार रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ बबरमहलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा पठाइएको प्रहरीले जनाएको छ  ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका