जोडिनुहोस
  • होमपेज
  • धनगढीको एयरपोर्टमा छिरेर घाँस काट्ने १७ महिला प्रहरीको नियन्त्रणमा

धनगढीको एयरपोर्टमा छिरेर घाँस काट्ने १७ महिला प्रहरीको नियन्त्रणमा

धनगढी : धनगढीको गेटास्थित एयरपोर्टमा प्रहरीले १७ महिलालाई नियन्त्रणमा लिएको छ। आज (मंगलवार) दिउँसो विमानस्थल क्षेत्रमा तारजाली नाघेर घाँस काट्न गएका १७ महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूले विमानस्थलको धावन मार्गको पश्चिमतर्फको तारजाली नाघेर घाँस काटेको जनाइएको छ।

महिलाहरूले अनधिकृत रूपमा प्रवेश गरेर घाँस काटेपछि उनीहरूलाई विमानस्थलमा सुरक्षार्थ खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ। धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले घाँस काटिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको बताए।

‘घाँस काट्न भनेर उहाँहरू विमानस्थलको पश्चिमतर्फबाट तारजाली नाघेर भित्र प्रवेश गर्नुभएको रहेछ’, भट्टले भने, ‘हामीले १७ जना महिलालाई नियन्त्रणमा लिएका छौँ। उडान सुरक्षाका दृष्टिकोणले यो गम्भीर कुरा हो।’

भट्टले पहिलो पटक भएकाले उनीहरूलाई स्थानीय जनप्रतिनिधिको रोहबरमा सम्झाई बुझाई आफन्तको जिम्मा लगाइने बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका