जोडिनुहोस
  • होमपेज
  • नेपालले आज इरानसँग खेल्दै

नेपालले आज इरानसँग खेल्दै

काठमाडौं । एएफसी यू-१७ महिला एसियन कप छनोटको पहिलो चरण अन्तर्गत नेपालले आज बुधबार पहिलो खेल खेल्दैछ ।

नेपालले आज इरानसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । जोर्डनको प्रिन्स मोहमद स्टेडियममा नेपाल र इरानबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

समूह ‘एच’ मा रहेको नेपाल आज इरानलाई हराएर सुखद सुरुआत गर्न चाहन्छ । नेपालको समूहमा जोर्डन र इरान रहेको छ । समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् ।

नेपालले दोस्रो खेलमा शुक्रबार आयोजक जोर्डनसँग खेल्नेछ ।

नेपाली टोली –

गोलकिपरः सुजाता तामाङ, राधिका ओली, करुणा बुढाथोकी

डिफेन्डरः अञ्जना पुन मगर, सिम्राई राई, रुपा लिम्बु, अमिता भुल, सीता रोकाया, रेणु लिम्बु, दिपा मगर, सुमी हाङ्मा राई

मिडफिल्डरः माया मास्के, झुमा विश्वकर्मा, सुशीला केसी, पुनम चेम्जोङ, भावना परियार, दिलमाया घिसिङ

फरवार्डः सुक्रिया मिया, लिला चन्द, वर्षा ओली, दीपा रोकाया, सेनु परियार, कविता गुरुङ

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका