जोडिनुहोस
  • होमपेज
  • थुनामा रहेको मान्छे छुटाउँछु भन्दै ठगेको आरोपमा पक्राउ

थुनामा रहेको मान्छे छुटाउँछु भन्दै ठगेको आरोपमा पक्राउ

वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं.५ बस्ने ५२ वर्षीय धिरेन्द्रबहादुर श्रेष्ठ छन् ।

प्रहरीले अनुसन्धानमा राखेको मानिसलाई छुटाइ दिन्छु भनी रकम असुल गर्ने गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई आइतबार यातायात कार्यालय पर्सा अगाडि सडकखण्डबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

उनी विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका