जोडिनुहोस
  • होमपेज
  • सभामुख घिमिरे र क्युवाका राजदूतको शिष्टाचार भेट

सभामुख घिमिरे र क्युवाका राजदूतको शिष्टाचार भेट

काठमाडौँ – सभामुख देवराज घिमिरेसँग नेपालका लागि क्युवाका राजदूत एलेजान्ड्रो सिमानकास मारिनले सिंहदरवारमा बुधबार शिष्टाचार भेट गरेका छन् ।

भेटमा संसदीय आदान प्रदान, दुई देशबीचको सम्बन्ध विस्तार लगायतका विषयमा छलफल भएको छ । सभामुख घिमिरेले नेपाल र क्युवाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४८ वर्ष पुगेको स्मरण गर्दै दुई देशबीच आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सहयोग पुगेको विश्वास व्यक्त गरे । उनले महाभूकम्पमा क्युवाको चिकित्सक टोलीले पुर्‍याएको सहयोगको प्रशंसा गरे ।

सभामुख घिमिरेले क्युवाको संसदको हालै भएको निर्वाचनमा निर्वाचित अध्यक्ष र सांसदहरुलाई शुभकामना दिएका थिए । उनले दुई देशका संसदबीच मैत्रीपूर्ण सम्बन्ध विस्तार र संसदीय आदान प्रदान गर्न नेपाल तयार रहेको समेत बताए ।

राजदूत एलेजान्ड्रोले क्युवाको संसदमा पहिलोपटक क्युवा–नेपाल मैत्री समूह गठनको तयारी भएको जानकारी दिँदै नेपालले पनि मैत्री समूह गठन गर्ने विश्वास व्यक्त गरे । उनले अमेरिकाले दुई वर्षअघि क्युवामाथि लगाएको आर्थिक नाकाबन्दीविरुद्ध नेपाल उभिएको स्मरण गर्दै नेपालको समर्थनप्रति धन्यवाद व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका