जोडिनुहोस
  • होमपेज
  • कर्तव्य ज्यानका फरार अभियुक्त कक्षा १२ को परीक्षा दिँदै गर्दा पक्राउ

कर्तव्य ज्यानका फरार अभियुक्त कक्षा १२ को परीक्षा दिँदै गर्दा पक्राउ

हेटौंडा । कक्षा १२ को परीक्षा दिइरहेको समयमा एक परीक्षार्थी पक्राउ परेका छन् ।

मकवानपुरको हेटौँडास्थित आधुनिक राष्ट्रिय माविको परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका रौतहट जिल्लाको वृन्दावन नगरपालिका-३, का २२ वर्षीय विवेक यादवलाई परीक्षा हलबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नाव उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीले बताए ।

यादवलाई ६ महिना अगाडि कर्तव्य ज्यान कसुरमा मुद्दा परेको थियो । पक्राउ परेका यादवलाई मकवानपुर प्रहरीले रौतहट पठाएको जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका