जोडिनुहोस
  • होमपेज
  • ‘ए’ डिभिजन लिग : दुई खेल हुँदै

‘ए’ डिभिजन लिग :  दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज सोमबार दुई खेलहरु हुँदैछन् ।

लिगको दोस्रो लेगको सातौं चरण अन्तर्गत सोमबार दुई खेलहरु हुनेछन् । जसमा एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा हुनेछन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र फ्रेन्ड्सबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

आर्मी आज सातौं जितको योजनामा हुनेछ । आर्मी १९ खेलमा २६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

फ्रेन्ड्स छैटौं जितको खोजीमा हुनेछ । फ्रेन्ड्स १९ खेलमा २१ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

यस्तै च्यासल मैदानमा शीर्ष स्थानमा चर्च ब्वाइज युनाईटेड र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

चर्च ब्वाइज आज ११ औं जितको योजनामा छ । चर्च ब्वाइज १९ खेलमा ३६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

हिमालयन सातौं जितको योजनामा रहेको छ । हिमालयन १९ खेलमा २५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका