जोडिनुहोस

देश

‘ए’ डिभिजन लिग : आज दुई खेल

  • Sagarmatha TV
  • बिहिबार, जेष्ठ ११, २०८०
‘ए’ डिभिजन लिग : आज दुई खेल

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज बिहीबार दुई खेलहरु हुँदैछन् ।

दोस्रो लेगको आठौं चरण अन्तर्गत बिहीबार दुई खेलहरु हुनेछन् । जसमा एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा हुनेछ ।

एन्फा कम्प्लेक्समा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र फ्रेन्ड्सबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

सातदोबाटो आज नवौं जितको योजनामा हुनेछ । सातदोबाटो २० खेलमा २९ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

फ्रेन्ड्स छैटौं जितको खोजीमा हुनेछ । फ्रेन्ड्स २० खेलमा २१ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

यस्तै च्यासल मैदानमा हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र चर्च ब्वाइज युनाईटेड क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र चर्च ब्वाइजबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

मनाङ छैटौं जितको लक्ष्यमा हुनेछ । मनाङ २० खेलमा २४ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

चर्च ब्वाइज ११ औं जितको योजनामा रहेको छ । चर्च २० खेलमा ३७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका