जोडिनुहोस
  • होमपेज
  • विदेशी मुद्राको सञ्चिति पौने १५ खर्ब, ९.७ महिनाको आयात धान्ने

विदेशी मुद्राको सञ्चिति पौने १५ खर्ब, ९.७ महिनाको आयात धान्ने

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा नेपालमा विदेशी मुद्राको सञ्चिति १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । यो चैत महिनासम्मको सञ्चिति भन्दा ३६ अर्ब ६० अर्ब रुपैयाँ धेरै हो । चैतसम्म १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ विदेशी मुद्राको सञ्चिति थियो ।

सो रकमले ९.४ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्थ्यो । १० महिना (वैशाखसम्म)को सञ्चितिले भने ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्‍कमा उल्लेख छ ।

२०७९ असार मसान्तसम्म विदेशी मुद्राको सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रहेको थियो । वैशाख २०८० सम्म आइपुग्दा सञ्चितिमा २०.९ प्रतिशत थप भएको हो । अमेरिकी डलरमा २०७९ असार मसान्तसम्म ९ अर्ब ५४ करोडको सञ्चिति रहेकोमा २०८० वैशाखसम्म ११ अर्ब २१ करोड देखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका