जोडिनुहोस
  • होमपेज
  • कालिकोटमा जिप दुर्घटना, ३ जनाको मृत्यु

कालिकोटमा जिप दुर्घटना, ३ जनाको मृत्यु

सुर्खेत। कालिकोटमा पुनः जिप दुर्घटनामा परेको छ । दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा शुभकालिका गाउँपालिका-२ भर्ताका ३० वर्षका गाडी चालक हर्के कामी, वडा नं. ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेखको नौमुले घर भएका २५ वर्षीय गोपाल सलामी रहेका छन् ।

गए राति १२:३० बजेतिर शुभकालिका गाउँपालिका-६ चिसापानीस्थित बेहुली पान्तडी सडक खण्डमा चौकी बजारदेखि हाउडीतर्फ जाँदै गरेको लु १ च ८४९८ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी जयस्वर रिमालले जानकारी दिए।

दुर्घटनाको कारण भने खुलेको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका