जोडिनुहोस
  • होमपेज
  • एसिया कप पाकिस्तान र श्रीलङ्कामा हुने

एसिया कप पाकिस्तान र श्रीलङ्कामा हुने

काठमाडौँ । एसिया कप क्रिकेटको आयोजनास्थल निश्चित जस्तै भएको छ । पाकिस्तानमा हुने एसिया कपमा भारत सहभागी नहुने भनेपछि प्रतियोगिता अन्योलमा परेको थियो ।

एसियन क्रिकेट काउन्सिलले एसिया कप पाकिस्तान र श्रीलङ्का गर्ने लगभग निश्चित जस्तै भइसकेको जनाएको छ ।

प्रतियोगिताका १३ मध्ये करिब पाँच वटा खेलहरू पाकिस्तानमा र बाँकी खेलहरू श्रीलङ्का आयोजना हुने गरी समस्या समाधान गरिएको हो । श्रीलङ्कामा हुने खेलमा भारत सहभागी हुनेछ ।

१ देखि १७ सेप्टेम्बरभित्र हुने प्रतियोगिताबारे एसीसीले केही दिनमै औपचारिक घोषणा गर्ने तयारी गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका