जोडिनुहोस
  • होमपेज
  • अर्थमन्त्रीले बजेटबारे सांसदले उठाएका प्रश्नको जवाफ सोमबार दिने

अर्थमन्त्रीले बजेटबारे सांसदले उठाएका प्रश्नको जवाफ सोमबार दिने

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा प्रतिनिधिसभाका सांसदहरुले बोल्ने क्रम सकिएको छ ।

आइतबार बजेटमाथि सांसदहरुले बोल्ने क्रम सकिएसँगै सोमबारको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले जवाफ दिने सभामुख देवराज घिमिरेले घोषणा गरेका छन् । प्रतिनिधिसभाको अर्को बैठक जेठ २९ गते सोमबार दिउँसो १ बजेलाई तोकिएको छ ।

अर्थमन्त्री महतले गत जेठ १५ गते २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान संसदमा पेश गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका