जोडिनुहोस
  • होमपेज
  • जोकोभिचलाई कीर्तिमानी २३ औं ग्रान्डस्लाम

जोकोभिचलाई कीर्तिमानी २३ औं ग्रान्डस्लाम

काठमाडौं । सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । यससँगै जोकोभिचले कीर्तिमानी २३ औं ग्रान्डस्लाम उपाधि जितेका छन् ।

जोकोभिचले राफायल नाडालको नाममा रहेको २२ ग्रान्डस्लामको कीर्तिमान तोडेका हुन् ।

पेरिसमा आइतबार राती नर्वेका कास्पर रुडलाई हराउँदै जोकोभिचले उपाधि जितेका हुन् ।

तेस्रो वरीयताका जोकोभिचले चौंथो वरीयताका रुडलाई ७-६(७-१), ६-३ र ७-५ ले पराजित गरे । जोकोभिकले तेस्रो पटक फ्रेन्च ओपनको उपाधि जितेका हुन् ।

३६ वर्षीय जोकोभिच कम्तिमा तीन पटक मुख्य चार ग्रान्डस्लामको उपाधि जित्ने पहिलो खेलाडी समेत बनेका छन्।

महिलातर्फ पोल्याण्डकी विश्व नम्बर एक इगा स्वेटेकले उपाधि जितेकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका