जोडिनुहोस
  • होमपेज
  • टोफल आईबीटी परीक्षा प्रणालीमा व्यापक परिवर्तन

टोफल आईबीटी परीक्षा प्रणालीमा व्यापक परिवर्तन

काठमाडौं । टोफल आईबीटी परीक्षालाई निरन्तर रूपमा परिष्कृत गर्दै सहज र सुविधाजनक बनाउन ईटीएसले आगामी केही महिनाभित्र नै परीक्षार्थीहरूले अनुभव गर्नेगरी प्रणालीमा परिवर्तन गरेको छ ।आगामी ७ साउनबाट लागू हुनेगरी टोफल आईबीटी परीक्षाको समयलाई छोट्याइन लागिएको हो ।

यो प्रणाली लागू भएपछि परीक्षा २ घण्टाभन्दा कम समयमा नै समाप्त हुनेछ । अहिले परीक्षा दिन ३ घण्टाभन्दा बढी लाग्ने गरिरहेको छ । ७ साउनबाट परीक्षा प्रणालीमा केही परिवर्तनसमेत हुने भएको छ । ईटीएसका अनुसार अब परीक्षा अवधिभर सुव्यवस्थित निर्देशन र बहाव कायम रहनेछ ।

यस्तै, नयाँ र थप आधुनिक ‘शैक्षिक छलफलका लागि लेखन’ कार्य हुनेछ । यसले अघिल्लो स्वतन्त्र लेखनलाई प्रतिस्थापन गर्ने ईटीएसले जनाएको छ । साथै, पठन खण्ड छोटो हुनेछ भने अंकभार नभएका सबै प्रश्न हटाइनेछन् ।

यसैगरी, परीक्षाका लागि रेजिस्ट्रेसन प्रक्रिया सरल हुनेछ । परीक्षामा सामेल हुन चाहनेहरूले आफैं अकाउन्ट बनाएर टोफल आईबीटीका लागि इच्छाएको मितिमा पहिलाभन्दा सरल रूपमा रजिस्टर गर्न सक्नेछन् । आगामी १० साउनबाट परीक्षार्थीले प्राप्त गर्ने अंकसमेत पारदर्शी हुनेछ । परीक्षार्थीले आफूले प्राप्त गरेको अंक परीक्षा समाप्त भएलगत्तै हेर्न सक्नेछन् । यसका साथै अंकमा केही परिवर्तन भए तत्काल सूचना प्राप्त गर्नेछन् ।

‘शिक्षा र सिकाइका क्षेत्रमा ईटीएसले नयाँ प्रविधिको प्रयोग गरेर मूल्यांकन गर्ने प्रक्रियालाई नवीन बनाउँदै लगेको छ, टोफल त्यो प्रयासको केन्द्र हो,’ ईटीएसका सीईओ अमित सेवकले भने, ‘यस प्रकारका उद्योगका लागि टोफल लगभग ६ दशकदेखि एक मानकका रूपमा स्थापित छ र यी परिवर्तनले यलाई अझ जोड दिन्छ । सबैभन्दा महत्वपूर्ण कुरा भनेका यी परिवर्तन हाम्रा ग्राहक र सरोकारवालाको आकांक्षाबमोजिम विकसित गरिएको हो ’अबगकभ उनीहरूलाई सेवा प्रदान गर्नु नै हाम्रो पहिलो प्राथमिकता हो ।’

टोफल आईबीटी परीक्षाका लागि पहिले नै दर्ता गराइसकेका परीक्षार्थीले पनि नयाँ परिवर्तनहरूलाई अनुभव गर्न चाहेमा निःशुल्क आफ्नो परीक्षा मिति परिवर्तन गर्न सक्ने ईटीएसले जनाएको छ । उसले त्यो लागू हुनुअगावै पनि परीक्षामा सामेल हुन सक्ने पनि बताएको छ ।

यसका साथै नयाँ विकसित टोफल आईबीटी निःशुल्क अभ्यास सामग्रीको अद्यावधिक संस्करण टोफलको वेबसाइटमा उपलब्ध भइसकेको र थप निःशुल्क तथा सशुल्क परीक्षा तयारी सामग्री आगामी केही सातामा अद्यावधिक गरिने ईटीएसले जनाएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका