जोडिनुहोस
  • होमपेज
  • काभ्रेको तेमाल स्थित पोखरी नारायणस्थानमा सार्वजनिक स्थानका ५९ घर भत्काईने

काभ्रेको तेमाल स्थित पोखरी नारायणस्थानमा सार्वजनिक स्थानका ५९ घर भत्काईने

मोतीराम तिमल्सिना

पोखरी नारायणस्थान, तेमाल – जनप्रतिनिधि विहिन अवस्थामा सार्वजनिक कब्जा गरी पक्कि संरचना समेत निर्माण गरिएको साविक पोखरी नारायणस्थानका हालको तेमाल गाउँपालिकाको केन्द्र समेत रहेको वडा नम्वर ५ का ५९ घर घत्कने भएका छन् ।

‘भकुण्डे–मेच्छे सडक निर्माणका क्रममा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण भएका सबै घर टहरा सहितका संरचना भत्काउन ३५ दिने सूचना जारी गरिएको छ’–गाउँपालिका उपाध्यक्ष डिएम लामाले भने–‘सडक विस्तारका क्रममा सबै संरचना भत्कने छन् । त्यसका लागि स्थानीयहरुलाई समयावधी भित्रै घर टहरा हटाउन अनुरोध गरिएको छ ।’ उक्त स्थानमा रहेको सार्वजनिक पोखरीलाई पहिलाकै अवस्थामा रहन दिन स्थानीयले अनुरोध गरेका छन् । पोखरी भित्र निर्माण गरिएका पक्कि कंक्रिट सहितका संरचनाले पुराना संरचनाहरु नष्ट हुने क्रम बढेको स्थानीयले बताए ।

स्थानीय तेमाल सिं तामाङले २०५९ साल पछि जनप्रतिनिधि नभएको अवस्थामा आफुहरुले घर निर्माण गरेको बताए । सार्वजनिक जग्गामा निर्माण गरिएको भए पनि गाउँपालिकाले उक्त घरहरु भत्काउन नहुने उनले बताए । ‘पोखरी नारायणस्थानमा पहिलो पटक पक्कि घर निर्माण गरेर बजार शुरु गर्ने म नै हूँ’–उनले भने–‘अहिले बाटो विस्तारका क्रममा यि पक्कि घरहरु भत्काउन सूचना जारी भए पनि हाम्रो तर्फबाट घर छाडेर बाटो बनाउन अनुरोध गरेका छौं ।’ गाउँपालिकाले जारी गरेको सूचना भित्र घरहरु भत्कन कठिन हुने उनले बताए ।

भकुण्डेबाट १३ किलोमिटर सडक कालोपत्रे गर्ने गरी २० महिना अघि आब्हान गरिएको बोलपत्र अनुसार निर्माण ब्यवसायीले काम नगरेका कारण २२ प्रतिशत मात्रै कार्य सम्पन्न भएको छ । सडक निर्माण कार्य अलपत्र हुँदा दैनिक दुर्घटना लगायतका घटनाहरु हुने गरेका छन् । तेमालका ऐतिहासिक पोखरीहरु पुरिने तथा पोखरी भित्रै पक्कि संरचना निर्माणको क्रम भने रोकिएको छैन । चापाँखोरी कुरुवास वडा कार्यालय अघिको पोखरी भित्र अर्को संरचना निर्माण गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका