जोडिनुहोस
  • होमपेज
  • सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण

सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण

सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीले सम्हालेका छन् । यसअघिका प्रवक्ता एवं सहायकरथी कृष्णप्रसाद भण्डारीले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आज आयोजित कार्यक्रममा सहायकरथी केसीलाई औपचारिकरूपमा प्रवक्ताको कार्यभार हस्तान्तरण गरेका हुन् । त्यसअवसरमा सहायकरथी भण्डारीले प्रवक्ताको जिम्मेवारीमा रहने क्रममा आमसञ्चार जगतका सबै सञ्चारगृह, प्रकाशक, सम्पादक र विशेषगरी रक्षासँग सम्बन्धित बिटमा कार्यरत पत्रकारबाट भएको सद्भाव, शुभेच्छा र सहयोगका लागि आभार व्यक्त गरे ।

आज प्रवक्ताको जिम्मेवारी पाएका केसीले नेपाली सेना र आमसञ्चार जगतबीचको सम्बन्ध र सहयोग आगामी दिनमा थप प्रगाढ र सुमधुर रहने विश्वास व्यक्त गरे । प्रवक्ता केसी यसअघि पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख थिए भने सहायकरथी भण्डारीको सैनिक अभिलेखालयमा सरुवा भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?