जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानमा ग्यासको मूल्यमा भएको वृद्धिले अल्पकालीन मुद्रास्फीति ४२ प्रतिशत पुग्यो

पाकिस्तानमा ग्यासको मूल्यमा भएको वृद्धिले अल्पकालीन मुद्रास्फीति ४२ प्रतिशत पुग्यो

इस्लामाबाद— ग्यासको मूल्यमा भएको वृद्धिले पाकिस्तानमा वार्षिक अल्पकालीन मुद्रास्फीति चार महिनामा पहिलो पटक ४० प्रतिशतभन्दा माथि पुगेको डन पत्रिकाले उल्लेख गरेको छ।

पाकिस्तान तथ्याङ्क ब्यूरोले नोभेम्बर १६ मा समाप्त भएको हप्तामा मुद्रास्फीति ४१ दशमलव ७ प्रतिशत रहेको बताएको छ, मुख्यतया एक वर्ष अघिको तुलनामा ग्यास शुल्कमा ११ सय प्रतिशतले वृद्धि भएको छ।

सबैभन्दा बढी मूल्यवृद्धि भएका अन्य वस्तुमा चुरोट ९४ दशमलव ५ प्रतिशत, गहुँको पिठो ८६ दशमलवव ४ प्रतिशत, खुर्सानीको धुलो ८१ दशमलव ७ प्रतिशत, भाँचिएको बासमती चामल ७६ दशमलव ७ प्रतिशत, लसुन ६३ दशमलव ६ प्रतिशत, चामल ६१ दशमलव ९ प्रतिशत, चिया ५४ दशमलव ६ प्रतिशत, गुर ५१ प्रतिशत, चिनी ५० प्रतिशत वृद्धि भएको थियो । यसको विपरित, प्याजको मूल्य वार्षिक रूपमा ३६ दशमलव २ प्रतिशतले घटेको छ, त्यसपछि टमाटर १४ प्रतिशत, तोरीको तेल ३ दशमलव ५ प्रतिशत, तरकारी घिउ २ प्रतिशत र दाल चना ० दशमलव ५ प्रतिशत घटेको छ ।

सेन्सेटिभ प्राइस इन्डिकेटर (एसपीआई) भनिने वस्तु तथा सेवाहरूको बास्केटबाट नापिएको छोटो अवधिको मुद्रास्फीति पनि अघिल्लो साताको तुलनामा ठूलो वृद्धि भएको देखियो ।

वार्षिक आधारमा एसपीआई मुद्रास्फीति मेको सुरुमा रेकर्ड ४८ दशमलव ३५ प्रतिशतमा पुगेको थियो तर पछि अगस्टको अन्त्यमा २४ दशमलव ४ प्रतिशतमा घटेको थियो र गएको हप्ता ४० प्रतिशत नाघेको थियो। नोभेम्बर १ देखि, पाकिस्तानको कार्यवाहक सरकारले प्राकृतिक ग्यासको मूल्यमा १९४ प्रतिशतको बृद्धि गरेको छ।

अखिल पाकिस्तान जेम्स एण्ड ज्वेलर्स एसोसिएसन (एपीजीजेए)ले २४ क्यारेट सुन प्रतितोला २ हजारले बढेर प्रतितोला २ लाख १४ हजार ८ सय रुपैयाँमा पुगेको जनाएको छ ।

एपीजीजेएका अनुसार एक हजार ७१४ रुपैयाँ बढेर १० ग्राम २४ क्यारेट सुनको भाउ १ लाख ८४ हजार १ सय ५६ रुपैयाँमा कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य २३ अमेरिकी डलरले बढेर प्रति औंस १ हजार ९ सय ८८ अमेरिकी डलरमा पुगेको एआरवाई न्यूजले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका