जोडिनुहोस
  • होमपेज
  • रावा इनर्जीको आईपीओ बाँडफाट आज

रावा इनर्जीको आईपीओ बाँडफाट आज

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओ आज मंगलबार बाँडफाट हँदैछ । बिक्री अपरान्ह ४ बजे आफ्नै कार्यालय कमलादी काठमाडौंमा आईपीओ बाँडफाटको तयारी गरिएको प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

मागभन्दा १४।८९ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । यसमा ११ लाख ६५ हजार ५२६ जनाले कुल १ करोड २७ लाख ६१ हजार ४८० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ६४ हजार ३६६ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ११ लाख १ हजार १६० जनाको भने हात खाली हुनेछ ।

कम्पनीले जेठ १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणको लागि ६ लाख ४३ हजार ६६७ कित्ता सेयर निष्कासन गरेको थियो । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी केयर नेपालले रावाको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका