जोडिनुहोस

देश

१३ जुवाडे पक्राउ

  • Sagarmatha TV
  • मङ्लबार, जेष्ठ ३०, २०८०
१३ जुवाडे पक्राउ

काठमाडौँ– प्रहरीले जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका–१ भोटेवहालबाट १३ जनालाई पक्राउ गरेको छ ।

भोटेवहालस्थित शान्तिमार्ग बस्ने शेरबहादुर शेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा बाग्लुङ ढोरपाटन नगरपालिका–१ घर भई सोही महानगरपालिका–११ डेरा गरी बस्ने ५२ वर्षीय दिनेश शेरचनसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६७ हजार रुपैयाँ, १६ बुक तास, जुवा खेल्न प्रयोग भएको विभिन्न रङ्को कोईन १ सय १९ थान र जुवाको हिसाब राखेको कापीसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका