जोडिनुहोस
  • होमपेज
  • पूर्वी इन्डोनेसियामा हेलिकोप्टर सम्पर्कविहीन

पूर्वी इन्डोनेसियामा हेलिकोप्टर सम्पर्कविहीन

इन्डोनेसियाको पूर्वमा पर्ने उत्तरी मालुकु प्रान्तमा तीन यात्रु बोकेको एउटा हेलिकोप्टर मङ्गलबारदेखि सम्पर्कविहीन भएको छ । मङ्गलबारदेखि उक्त हेलिकोप्टर बेपत्ता भएको प्रान्तीय खोज तथा उद्धार कर्यालयका प्रमुख फतुर रहमानले बुधबार बताएका हुन् ।

बेपत्ता हेलिकोप्टरको खोजी कार्य जारी छ । स्थानीय समयअनुसार दिउँसो १ः१६ बजे हेलिकोप्टर एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्कविच्छेद भएको थियो । बेपत्ता हुनुअघिसम्म उक्त हेलिकोप्टर हलमहेरा तेङ्गाह जिल्लामा जङ्गलमाथि उडिरहेको जनाइएको छ । रहमानका अनुसार पिटी वेडा बे निकेल फर्मद्वारा सञ्चालित हेलिकोप्टरमा तीन यात्रु सवार थिए ।

तिनमा दुई पाइलट र एक यात्रु थिए । कार्यालयका तीन सय कर्मचारी, सैनिक र प्रहरीको संयुक्त उद्धार टोली हेलिकोप्टरको एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्कविहीन भएको क्षेत्रमा गइरहेको रहमानले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका