जोडिनुहोस
  • होमपेज
  • नक्कली प्रोफाइल बनाई चरित्रहत्या गर्ने ४२ वर्षे सुनार पक्राउ

नक्कली प्रोफाइल बनाई चरित्रहत्या गर्ने ४२ वर्षे सुनार पक्राउ

काठमाडौं । सामाजिक संजालको माध्यमबाट नक्कली प्रोफाइल बनाई चरित्रहत्या गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका वडा नं. १४ स्थायी बसोवास गर्ने ४२ वर्षे राम कुमार सुनार रहेका छन् ।

पिडित महिललाले सामाजिक संजालको माध्यमबाट आफ्ना विभिन्न अश्लील दृष्यहरु प्रकाशन तथा प्रशारण गरेको आरोपमा कानुन बमोजिम कार्बाहीको माग राख्दै अपराध अनुसन्धान व्युरोमा निवेदन दिएपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा अभियुक्तलाई पोखराबाट पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौँका उप–निर्देशक (पशुपति कुमार राय) ले जानकारी दिए ।

पक्राउ परेका सुनारलाई काठमाडौँ जिल्ला अदालतको जेष्ठ २९ गतेको आदेश अनुसार ६ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका