जोडिनुहोस
  • होमपेज
  • दाङमा करेन्ट लागेर शिक्षकको मृत्यु, २ जना घाइते

दाङमा करेन्ट लागेर शिक्षकको मृत्यु, २ जना घाइते

दाङ । दाङमा करेन्ट लागेर एक जापानी भाषा शिक्षकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका- १२ घर भई तुलसीपुरमा बस्दै आएका २८ वर्षीय महेश बिक रहेका छन् ।

बुधबार बेलुका ६ बजे तुलसीपुर उपमहागरपालिका-६ स्थित विद्युत कार्यालय नजिकै आफ्नो अफिसको विज्ञापन बोर्ड फेर्ने क्रममा बिकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।

उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको गौतमले बताए । मृतक बिक तुलसीपुरमा जापानिज भाषा पढाउँदै आएका थिए ।

त्यस्तै करेन्ट लागेर पुथा उत्तरगंगा गाउँपालिकाका १६ वर्षीय अर्जुन बिक र भूमे गाउँपालका-४ काँडाकी १८ वर्षीया मोनिका बिक घाइते भएका छन् ।

उनीहरु दुवै जनाको उपचार बाँकेको नेपालगंजस्थित नरसिंह होममा भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका