जोडिनुहोस
शुक्रबार, फाल्गुन १८, २०८०
शुक्रबार, फाल्गुन १८, २०८०
  • होमपेज
  • भूकम्पपीडितका लागि अस्थायी आवासको काममा सरकार गम्भीर छः गृहमन्त्री श्रेष्ठ

भूकम्पपीडितका लागि अस्थायी आवासको काममा सरकार गम्भीर छः गृहमन्त्री श्रेष्ठ

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपीडितका लागि अस्थायी आवासको काममा सरकार गम्भीर भएर लागेको बताएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले आवास निर्माणका लागि ५० हजार दिने कामलाई प्रभावकारी बनाएको र स्थानीय तहले आवश्यक सहजीकरण गरिरहेको बताएका हुन् । अस्थायी आवासका लागि पहिलो किस्ता लिएर घर बनाउन सुरु गर्नेलाई तत्कालै अर्को किस्ता दिने व्यवस्था गरिएको उनले जानकारी दिए ।

भूकम्पपीडित सबैलाई अस्थायी आवास र पुनःनिर्माणलाई स्थानीय तहको सिफारिसमा काम गर्नेगरी सरकारले योजना बनाएको उनको भनाइ छ ।

एउटै घरभित्र रहेका दुई तीन वटा परिवारलाई अस्थायी आवासको फरक फरक सुविधा दिन नसकिने भन्दै उनले पुनःनिर्माणका समयमा भने आवश्यक छलफल गर्नसकिने जिकिर गरे । त्यस्तै भूकम्पपिडित सुकुम्बासीको हकमा अस्थायी आवासको सुविधा दिइहाल्ने नीति रहेको उनले जानकारी दिए ।

जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प कारण जाजरकोटमा १०१ जना र रुकुम पश्चिममा ५३ जना गरी १ सय ५४ जनाको मृत्यु भएको थियो भने ३ सय ६६ जना घाइते भएका थिए । भूकम्पका कारण जाजरकोटमा पूर्ण क्षति भएको घरको संख्या ९ हजार ७ सय ९४ हजार र आशिंक क्षति भएको घरको संख्या २४ हजार रहेको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै रुकुम पश्चिममा १६ हजार ५ सय ७० घर पूर्ण रुपमा क्षति भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका