जोडिनुहोस
  • होमपेज
  • बौद्धिक विषयमा छलफल गर्नुको सट्टा मानिसहरू युट्युब र टिकटक तिर लागेका छन : प्रधानमन्त्री

बौद्धिक विषयमा छलफल गर्नुको सट्टा मानिसहरू युट्युब र टिकटक तिर लागेका छन : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बौद्धिक विषयमा छलफल गर्नुको सट्टा मानिसहरू युट्युब र टिकटक तिर लागेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस तथा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले याे बिषयलाई गम्भिरतापुर्वक लिएर हस्तक्षेप बढाउनु पर्ने जनाएका हुन ।

अहिले वैचारिक विषय र त्यस खालका लेख रचना तिर भन्दा सोसल मिडिया, युट्युब र टिकटकतिर लागेका छन्, त्यसले मानिसलाई क्षणिक उत्तेजना ल्याउने र त्यसैले समाजलाई अराजक बनाउने खतरा पैदा भएको छ, त्यस कारण विज्ञान प्रवृद्धीले विकास गरेका कुरालाई पनि हामीले सदुपयोग गरेर कसरी त्यसलाई निश्चित बिचार र मान्यतामा अघि बढाइएन भने सिङ्गै समाज नै दूषित हुने खतरा हुन्छ, यो कुरालाई हामी सबैले मनन गर्नुपर्छ,’ प्रधानमन्त्रीले भने । उनले सो विषयलाई गम्भिरतापुर्वक लिन पनि नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

उनले भने, ‘यस विषयमा बुद्धिजीवीहरूबाट हस्तक्षेप चलाउन जरुरी छ, बहस चलाउन जरुरी छ, लामो सङ्घर्षबाट आएका नेताहरूलाई तल्लोस्तरमा गाली गलौज गर्ने गरिँदै छ । यो अराजकता रोकिन जरुरी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका