जोडिनुहोस
  • होमपेज
  • निस्सासिएर दुई जना खानी मजदुरको मृत्यु, ३५ जना बेहोस

निस्सासिएर दुई जना खानी मजदुरको मृत्यु, ३५ जना बेहोस

एजेन्सी । अफगानिस्तानको साङ्गन प्रान्तमा निसास्सिएर दुई जना खानी मजदुरको मृत्यु भएको छ भने अन्य ३५ जना बेहोस भएका छन् ।

साङ्गन प्रान्तको दरा–ए–सुफ बाला जिल्लाको मेराक दाहाने कोइलाखानीमा बुधबार उक्त घटना भएको अफगानिस्तानी समाचार समिति खामा प्रेसले तालिवानका प्रान्तीय अधिकारीहरूलाई उद्धृत गर्दै आज जनाएको हो ।

उक्त कोइलाखानी गैरव्यावसायिक भएको दरा–ए–सुफ बालाका गभर्नर मोहम्मद नसिम खैबरसेकानले बताएका छन् । सुरक्षा उपाय नअपनाउँदा उक्त घटना भएको उनले बताएका छन् ।

बिरामी भएका सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । यसअघि गत शनिबार पनि अफगानिस्तानको बाघलान प्रान्तको कोइला खानीमा निस्सासिएर एकजना मजदुरको मृत्यु भएको थियो भने अर्का एकजना बेहोस भएका थिए ।

ताला–ओ–बरफाक जिल्लामा रहेको कोइला खानीमा काम गर्ने क्रममा विषाक्त ग्यास चुहिँदा उक्त घटना भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका