जोडिनुहोस
  • होमपेज
  • विभिन्न हातहतियारसहित दुईजना पक्राउ

विभिन्न हातहतियारसहित दुईजना पक्राउ

काठमाडौं– सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-३ घर भएका ३२ वर्षीय रमेश बानियाँलाई पेस्तोल १ थान, पेस्तोलमा लाग्ने म्यागजिन २ थान र गोली ११ थानसहित प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादी बानियाँ काठमाडौं महानगरपालिका-८ जयबागेश्वरीस्थित जेनिस अटो रिकन्डिसन नजिक सडकमा बसिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ रमेश बानियाँले बोकेको झोला सडकमा फाली फरार भएपश्चात प्रहरीले झोला तलासी गर्दा उक्त हतियार फेला पारेको थियो । साथै प्रहरीले बानियाँलाई खोजी गर्ने क्रममा भक्तपुर नयाँ ठिमीस्थित नयाँ बाटोबाट फेला पारी पक्राउ गरेको हो ।

खोटाङ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-६ नेर्पा बस्ने २१ वर्षीय शशी राईलाई भरुवा बन्दुक २ थानसहित प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका