जोडिनुहोस
  • होमपेज
  • केही दलले निर्णय गरिनसकेकाले आज समाजवादी मोर्चा घोषणा नहुने

केही दलले निर्णय गरिनसकेकाले आज समाजवादी मोर्चा घोषणा नहुने

काठमाडौं । आज समाजवादी मोर्चाको घोषणाको तयारी गरिएकोमा सहभागिताका लागि केही दलले नटुंग्याएका कारण केही दिन ढिला हुने भएकाे छ ।

यहीबीचमा आज बसेको नेकपा एकीकृत समाजवादी सचिवालय बैठकले चाँडोभन्दा चाँडो मोर्चा घोषणाको पहल गर्ने निर्णय गरेको छ । बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले आज मोर्चा घोषणा हुन नसक्ने बताए ।

उनले भने, ‘हामीले एक वर्षअघि नै पहल गर्दै आइरहेका छौं । मोर्चा घोषणा गर्न केही दिन लाग्ने देखियो । हामीले टुंगाइसकेका छौं । अन्य दलले नटुंग्याउँदा आज घोषणा हुन नसक्ने देखियो । चाँडै घोषणा गर्ने ठाउँमा दलहरुमा छलफल भइसक्यो । यसलाई अगाडि बढाउने निर्णय पार्टीबाट सर्वसम्मत निर्णय गरेका छौं ।’

प्रदेश र जिल्लाहरूमा पनि मोर्चाको संयन्त्र बन्नसक्ने बताए । पार्टी एकताको लागि मोर्चा नबनेको प्रष्ट्याउँदै पछि कहाँसम्म पुगिन्छ भन्न नसक्ने बताए ।

‘अहिले माओवादी, नेकपा एस, जसपाले पहिले नै निर्णय गरेका हौं । विप्लवको नेकपा पनि छलफलमा छ । अन्य दलसँग अन्तिम गृहकार्य भइसकेको छैन । गृहकार्य सकेर केही दिनै घोषणा हुन्छ’, उनले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका