जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीको अनुरोधमा प्रतिनिधिसभा बैठक दुई घण्टा पछि सारियो

प्रधानमन्त्रीको अनुरोधमा प्रतिनिधिसभा बैठक दुई घण्टा पछि सारियो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा प्रतिनिधिसभा बैठक दुई घण्टा पछि सारिएको छ । यससँगै प्रतिनिधिसभा बैठक दिउँसो ३ बजे बस्ने भएको छ ।

शीर्ष नेताहरुबीच छलफल भइरहेको समयमा प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेलाई फो गर्दै बैठक दुई घण्टा परा सार्न आग्रह गरेका थिए । सो क्रममा सभामुख घिमिरेले तीन शीर्ष नेताबीचको छलफलले सदन खुलाउन सकारात्मक निष्कर्षका निकाल्न सकोस् भनी शुभकामना समेत दिएका थिए ।

अवरुद्ध सदन खुलाउने विषयमा प्रधानमन्त्री प्रचडसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका