जोडिनुहोस
  • होमपेज
  • एलन मस्कले भने– ‘म मोदीको फ्यान हुँ’

अन्तर्राष्ट्रिय

एलन मस्कले भने– ‘म मोदीको फ्यान हुँ’

एलन मस्कले भने– ‘म मोदीको फ्यान हुँ’

नयाँ दिल्ली– प्रधानमन्त्री मोदीले आफ्नो चार दिने अमेरिका भ्रमणको क्रममा बुधबार टेस्लाका सीईओ एलन मस्कलाई भेटेका छन् ।

एलन मस्कलाई भेट्नु अघि प्रधानमन्त्री मोदीले प्रसिद्ध प्रोफेसर नसिम तालेब र प्रोफेसर रोबर्ट थर्मनलाई पनि भेटेका थिए।

प्रधानमन्त्री मोदीसँगको भेटपछि टेस्लाका सीईओ मस्कले यसलाई निकै राम्रो भेट भएको बताएका छन् । उनले प्रधानमन्त्री मोदीसँग आफ्नो कुराकानी निकै राम्रो भएको बताए ।

उनले अर्को वर्ष भारत जाने सोचमा रहेको उल्लेख गर्दै आफू मोदीको फ्यान भएको बताए ।

प्रधानमन्त्री मोदीले यसअघि सन् २०१५ मा क्यालिफोर्नियाको टेस्ला मोटर्स कारखानाको भ्रमणका क्रममा मस्कसँग भेट गरेका थिए । मस्क त्यतिबेला ट्विटरको मालिक थिएनन्।

भारतीय प्रधानमन्त्री मोदी अमेरिकाका भ्रमणको क्रममा न्यूयोर्क पुगेका छन् । उनको यो भ्रमण निकै महत्वपूर्ण मानिएको छ ।

विश्वको सबैभन्दा शक्तिशाली देश भनिने अमेरिकाले जुन २२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि रातो कार्पेट बिछ्याउनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका