जोडिनुहोस
  • होमपेज
  • धनगढीमा मन्त्री सिंहको पार्थिव शरीरमाथि मुख्यमन्त्रीसहितका नेताहरुले गरे श्रद्धाञ्जली अर्पण

धनगढीमा मन्त्री सिंहको पार्थिव शरीरमाथि मुख्यमन्त्रीसहितका नेताहरुले गरे श्रद्धाञ्जली अर्पण

काठमाडौं । जिप दुर्घटनामा निधन भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री पृथ्वीबहादुर सिंहलाई राजनैतिक दलका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । धनगढीस्थित क्षेत्रीय रंगशालामा आयोजित श्रद्धाञ्जली सभामा मुख्यमन्त्री कमलबहादुर शाहसहितका नेताहरुले वुधबार श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

मृतक सिंहको पार्थिव शरीरमा मुख्यममन्त्री, प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारी, प्रदेश सरकारका मन्त्री, विभिन्न राजनीतिक दलका प्रदेशसभा सदस्यहरु, राजनीतिक दलका प्रदेश तथा जिल्ला स्तरका नेता, धनगढीका मेयर गोपाल हमाल लगायतले पुष्पगुच्चासहित श्रद्धाञ्जली अर्पण गरे ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयकाअनुसार मन्त्री सिंहको शव श्रद्धाञ्जलीका लागि केही समय कर्भड हलमै राखिने भएको छ । त्यसपछि
हेलिकप्टरमार्फत अन्त्येष्टिका लागि बझाङ लगिने भएको छ । निर्वाचन पश्चात पहिलो पटक गृहजिल्ला बझाङ जाने क्रममा मंगलबार मन्त्री सिंहको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेर निधन भएको थियो । बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै भएको दुर्घटना मन्त्री सिंहसहित उनकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको पनि मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका